हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा शुक्रवार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बागमती–९ स्थित बेतिनीका २० वर्षीय रामराज बम्जनको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
शुक्रबार दिउँसो ४ बजेको समयमा बकैया गाउँपालिका–४, माझीखोला स्थित नेपाल प्रेम चर्चको भवनमा वाइरिङ गर्ने क्रममा बम्जनलाई करेन्ट लागेका प्रहरीको भनाइ छ । करेन्ट लागेर अचेत अवस्थामा रहेका बम्जनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा डेढ घण्टापछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्