हेटौँडा । छिमेकी जिल्ला चितवनको भरतपुर–११ मा रहेको आरम्भ कलेजले बीएचएम र बीआइएम अध्ययनमा बिशेष छुट दिने घोषणा गरेको छ । आइतवार पत्रकार सम्मेलन गर्दै हेटौँडाबाट बीएचएम र बीआइएम अध्ययन गर्न जाने बिद्यार्थीलाई बिशेष छुट दिने घोषणा गरेको हो ।

पढ्दै कमाउदै भन्ने नारालाई सार्थकता दिँदै आरम्भ कलेजले होटल म्यानेजमेन्टको स्नातक (बीएचएम) र बीआइएमको पढाई सञ्चालन गरिरहेकोले आकर्षक छात्रवृत्तिका साथ पढाईलाई गुणस्तरीय बनाउँदै लगेको कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले बताए । उनका अनुसार बीएचएम र बीआइएम विद्यार्थीको भविष्य उज्वल हुने र विदेश जाने विद्यार्थीलाई समेत दक्षता हासिल गर्ने विषय फलदाई हुने भएकाले यो बिषयहरु अध्ययन गर्न उनले सुझाव दिए ।

कलेज स्थापनाको वर्षको अवसरमा एक करोड ३१ लाख छात्रवृति दिएको जानकारी दिदै उनले यसबर्ष पनि २५ जनालाई ५० हजारका दरले छात्रवृति दिने प्रतिवद्धता जनाए । बीएचएमका लागि ७ लाख ५० हजार र बीआइएमाका लागि ६ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

हाल कलेजमा चितवनसहित मकवानपुर, नवलपरासी र आसपास जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको बिएचएम कार्यक्रम प्रमुख दीपेन्द्र सुवेदीले जानकारी दिए । पत्रकार सम्मेलनमा कलेजका निर्देशक बाबुराम पौडेल, देवराज दाहाल लगायतकाको सहभागिता रहेको थियो ।