हेटौँडा । मकवानपुरको मनहरी–४, मसिनेमा वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धि बुधवार एक दिवसीय सचेतना तालिम भएको छ । इनोभेटिभ भिजन प्रालि काठमाडौंको आयोजना एवम् वातावरणीय सचेतनाको लागि एकीकृत विकास हेटौँडा–६ को समन्वय तथा अमेरिकी सरकारको युएसएआइडीको सहयोगमा कार्यक्रम भएको हो ।
राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका स्थानीय समुदायका लागि वातावरणीय अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । वातावरणीय अपराध रोक्न समुदायको भूमिका महत्वपूर्ण हुने भएकाले वातावरणीय अपराधबारे समुदायलाइ सचेतनामूलक प्रशिक्षण दिइएको थियोे ।
डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत वसन्तराज गौतमले कानुनले प्रतिबन्ध लगाएका बस्तुहरू आर्थिक लाभका लागि चोरी सिकारी गर्नु गलत भएको बताए । उनले वन्यजन्तु मार्ने र चोरी सिकारी अपराध भएको बताउँदै त्यस्तो कार्य नगर्न र संलग्न नहुन समुदायका प्रतिनिधिहरूलाई आग्रह गरे । प्लास्टिक जथाभावी बाल्ने र फाल्ने कार्य नगर्न उनले आग्रह गरे ।
कार्यक्रममा मनहरी ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, पर्सा राष्टिय निकुन्जका संरक्षण अधिकृत विष्णु राेकाय, मकवानपुरको मनहरी–४ मा रहेको मसिने शान्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामहरी बिष्ट लगायतकाको सहभागिता रहेको थियो ।
कार्यक्रमकाे लक्ष्यः तराई, चितवन अन्नपूर्ण, कर्णाली र कैलाश सेक्रेट भूपरिधि (ल्याण्ड स्केप) क्षेत्रका बातारणीय अपराध बढि हुने क्षेत्रका बासिन्दालाई एक दिवसीय तालिम उपलब्ध गराउने ।
२०२४ अगष्ट महिनाको पहिलो हप्ताबाट शुरु भएको तालिम सेप्टेम्बर महिनाको अन्तिमसम्ममा सक्ने लक्ष्य रहेको छ ।
परिभाषाः संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले वातावरणीय अपराधलाई पर्यावरणलाई हानि गर्ने र व्यक्ति, समूह वा कम्पनीहरूलाई फाइदा पुर्याउने उद्देश्यले गरिने गैरकानूनी गतिविधिहरू भनेर परिभाषित गरेको छ । यी गतिविधिहरूमा शोषण, क्षति, व्यापार, वा प्राकृतिक स्रोतहरूको चोरी लगायतका गतिविधिहरु पर्दछन् ।
वातावरणीय अपराधका उदाहरणहरू
– वन्यजन्तु चिढ्याउने र शिकार
–वन्यजन्तुको अवैध व्यापार
– खोलाबाट अवैध ढुंगा बालुवा झिक्ने
– खतरनाक फोहोरको अवैध व्यापार
– अवैध, अनियमित, र संरक्षित माछा मार्ने
– अवैध काठको व्यापार
– पानी प्रदूषण वायु प्रदूषण
– वन आगो लगाउनु
– जथाभावी विष प्रयोग गर्नु
चीनमा औषधि बनाउन बाघको हड्डी, गैडाको सिङ, अन्य वन्यजन्तुका अङ्ग, रक्तचन्दन, यार्सागुम्बा लगायतका अन्य वनस्पतीको मागका साथै तिब्बतका सभ्रान्त वर्गका व्यक्तिहरुले आफ्नो हैसियत अनुसार विशेष उत्सवमा आफ्नो पहिरनमा बाघ तथा चितुवाको छालाको प्रदर्शन गर्ने प्रचलन छ । त्यसको आपुर्तीको लागि भारत र नेपालमा पाईने एक सिंङ्गे गैंडा, बाघ र वनस्पतिको गैरकानुनी व्यापारले निरन्तरता पाएको छ । यस कारण भारत, नेपाल र चिनका बिचमा अपराधीहरुले संगठित चेन विकसित गरेका छ्न । यस्ता अपराधिक समुहमा शिकारी, जंगली वनस्पती र पशुपक्षी संकलन गर्ने समूह देखि जंगली जनावरका अंग ओसार पसार गर्ने संगठित गिरोह छ्न र यिनीहरु आवश्यकता र सहजता अनसार एक अर्का संग गैरकानुनी कारोबारमा संलग्न हुने गर्दछ्न ।
नेपालमा देखिएका वातावरणी अपराधलाई यसरी बुंदागत रुपमा बुझ्दा सजिलो हुन्छ ।
चोरी शिकारी र हत्या
नेपालमा चोरी शिकारी हुने मुख्य कारण शोख, मासु र जनावरका अंगको व्यापार हो । पहिलेका तुलनामा शौक र मासुका लागि गरिने शिकारमा कमि आएको छ तर सुचना र प्रविधिको विकासले अपराधीहरुलाई संगठित हुन सहज भएको छ।यस कारण व्यापारिक उद्देश्यका लागि गरिने शिकारमा सोचे जस्तो नियंत्रण आएको छैन यसको उदाहरण प्रहरीले चितवनमा गैंडाको पटके चोरि शिकारी पक्राउ परेको तथ्यांकले पुष्टि गर्दछ । बाघ र गैंडाको चोरी शिकारीमा नियंत्रण गरेर नेपालले श्भचय एयबअजष्लन न मनाएको पनि होईन । चितवनमा गैंडाको चोरी शिकारी र खेतीमा हुने नोक्सानी रोक्न करेन्ट द्वारा गैंडा मारिएका घटनाले अपराधको निरंतरतालाई पुष्टि गर्दछ।
वन्य जन्तुका अंग तथा वनस्पतिको अवैध चोरी निकासी
वन्यजंतुको अंग तथा रक्तचन्दन लगायतका वनस्पतिको मांग चिनमा उच्च छ । यो माग आपूर्ति गर्न अपराधी हरुले भारत, नेपाल, भुटान,चिन तथा आवश्यकता अनुसार विश्वका अन्य मुलुकमा समेत संगठित संजाल विकसित गरेका छ्न् । कहिले भारतका वन्यजन्तुका अंग सहित नेपालमा पक्राउ गरिएको छ भने नेपालका जिवजन्तुका अंग सहित भारतमा पक्राउ परेका छ्न । नेपाल बाट तस्करी हुने आखेटोपहार र वनस्पती नेपाल र चिन बिचका टिंकर, ओलांग्चुंङ्गगोला, मुस्ताङ लगायतका परापुर्वकालका व्यापारिक मार्ग प्रयोग भएको देखिन्छ। साथसाथै सुरक्षा निकायको प्रत्यक्ष पहुंच न भएको ठाउँ पनी प्रयोग भएको देखिएको छ।
दुर्घटनामा वन्यजन्तुको मृत्यु
बाटो नाघ्दा सार्वजनिक र निजि यातायातमा ठोकिर बाघ, चितल लगायतका जनावरको मृत्यु भएका घटनाहरु एकातिर छन भने अर्को तर्फ यात्रा गर्ने हरुको सुरक्षाको जोखिम पनि सोचनिय छ।चितवनमा करेन्ट प्रयोग गरेर भई राखेको गैंडाको हत्या र चितवनको निर्माणाधीन बाटोको खाल्डोमा खसेर गैंडाले अनाहकमा ज्यान गुमाएको घटना राष्ट्रीय सरोकारको विषय भएको थियो।
काठ चोरी निकासी
नेपालमा आंतरिक र भारतमा नेपाली काठको मांग पुर्तीका लागी हुने काठचोरी निकासीमा पहिलाको तुलनामा केही नियंत्रण आएको छ। माओवादी द्वन्द्वकालमा असुरक्षाका कारण सुरक्षा निकाय खुम्चिंदै जांदा काठ चोरी निकासीमा अचाक्ली वृद्धि भएको थियो।सुरक्षा निकाय आफ्नो ठाउंमा पुनः स्थापित हुंदा नियंत्रण आएता पनि पुर्ण रुपमा नियन्त्रण आएको अवस्था भने छैन ।
५. नदि र पहाड बाट बालुवा चोरी निकासी
विकास निर्माण बढे संगै बालुवाको चोरी निकासीमा निरंतर वृद्धि भई रहेको छ, यसको माग र आपूर्ति नेपालमा मात्रै सिमित छैन भारतमा समेत वैध अवैध रुपमा निर्यात भई राखेको छ।गणतन्त्र स्थापना पश्चात् स्थानिय निकाय गठन भए पछि राजनैतिक संरक्षणमा चोरी निकासीले व्यापकता पाउंदै गएको छ।यसमा नियंत्रण गरिएन भने भारतको उत्तराखण्ड र पाकिस्तानमा देखिएको बाढी पहिरोले ल्याएको विध्वंश जस्तो डरलाग्दा वातावरणिय प्रभाव नेपालमा देखिने अवश्यम्भावी छ।
नदि र पहाड बाट ढुंगा चोरी निकासी
विकास निर्माणका लागि नेपाल र भारतको मांग आपूर्तिका लागी नेपालका नदिको बहाव मोडेर तथा पहाड बाट जथाभावी ढुंङ्गा उत्खनन गरेका कारण बाढी र पहिरोको स्वरुप डरलाग्दो गरी परिवर्तन हुँदै गएको छ।समयमा नियंत्रण गर्न सकिएन भने यसका कारण भविष्यमा डरलाग्दो परिणाम भोग्न बाध्य हुने छौं।
नदि, खोला, तालमा माछा मार्ने कार्य
अहिले पनि विष, करेन्ट र विष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने कार्यमा नियंत्रण आएको छैन। यसरी माछा मार्दा माछा मात्रै मार्दैन यसले त्यस ठाउंमा भएका सम्पुर्ण चलचर नष्ट गर्दछ।संग संगै करेन्ट र विष्फोटक पदार्थ द्वारा माछा मार्ने क्रममा बर्सेनि मृत्यु तथा विष्फोटका कारण मानविय अंगभ्ंग भएका घटना घटी राखेका छ्न।
नियंत्रणका उपाय
वन मंत्रालय, गृह मंत्रालय, अर्थ मंत्रालय, रक्षा मंत्रालय लगायतका तथा अंतरगतका सरोकारका सरकारी निकायहरु बिच कार्यगत समन्वय जरुरी छ।
आवश्यकता अनुसार साधन श्रोतको वितरण
–सुरक्षा निकाय तथा निजामतीको तालिममा वातावरणिय अपराध सामेल गर्ने
–वनका कर्मचारीहरुमा प्रमाणको महत्व र सफल अपराध अनुसंधानका लागी क्षमता विकास गर्ने
–संगठित अपराधी समुहको नियंत्रणका लागि अन्य राष्ट्र संग सशक्त कार्यगत समन्वय स्थापित गर्ने
–प्रहरीको प्रदेश अनुसंधान समुह भित्र वातावरणीय अपराध हेर्ने ईकाइ गठन गर्ने
–आवश्यकता अनुसार अन्य सरकारी निकाय लाई पनि समेट्दै जाने
–सरकारी निकाय तथा सामुदायिक वन, वन तथा वातावरण सरोकार संस्था र समुहहरु बिच अपराध नियंत्रणका लागी कार्यगत रणनीति बनाउने
–फोरेन्सिक विश्लेषणस्अपराध अनुसंधानमा प्रमाण संकलन गर्न तथा अपराधमा संलग्न व्यक्तिहरु सम्म पुग्न तथा अपराध प्रमाणित गर्न
–फोरेन्सिक विश्लेषणको बढी भन्दा बढी प्रयोग गर्ने
–सुचना संकलनस्अपराध नियंत्रण र सफल अपराध अनुसंधानका लागी फिल्ड देखि केन्द्र सम्म सुचना संकलनको व्यवस्था
–अपराधिक डाटाबेसस्कुनै पनि व्यक्ती अपराध बाट मुक्त छ भनेर प्रहरी प्रधान कार्यालयले रिपोर्ट जारी गर्दछ तसर्थ वन्यजन्तु अपराध डाटाबेस प्रहरीको डाटाबेसमा समावेश गर्न जरुरी छ
–जनचेतना शिक्षा तथा प्रसार प्रसारका माध्यम बाट वन्यजन्तु अपराध र यसका परिणामहरू बारे सचेतना जगाउन आवश्यक छ
सरकारी र अंतरराष्ट्रीय संस्थाको लगानी र प्राथमिकतास् वातावरणको क्षेत्रमा सरकार तथा अंतरराष्ट्रीय गैरसरकारी संस्थाको ठूलो लगानी छ। यी लगानी लाई आवस्यकता अनुसार प्राथमिकिकरण गर्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्