
हेटाैँडा । हेटाैँडा ६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उतपादक सहकारी संस्थाकाे ३३ औ वार्षिक साधारणसभा बुधवार सम्पन्न भएकाे छ ।
बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरि चाैलागाईकाे सभाध्यक्षतामा साधारणसभा भएकाे थियाे ।
साधारणसभामा संस्थाका अध्यक्ष चाैलागाईले संस्थागत प्रतिवेदन, लेखा संयाेजक जयराम घिमिरेले आर्थिक प्रतिवेदन, कृषक हितकाेषका सदस्य नवराज पाैडेलले हितकाेषकाे प्रतिवेदन, पशुधन संरक्षण तथा स्वास्थ्य उपसमिति सदस्य श्यामप्रसाद भट्टराईले पशुधन सम्वन्धि प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा विभिन्न विधाका उत्कृष्ट किसानहरुलाई पुरस्कृत गरिएको थियाे ।
कार्यक्रममा ज्येष्ठ शेयर सदस्य हरि प्रसाद सिग्देल, विसुनाथ सापकोटा , दिलकुमारी अधिकारी लगायतकालाई सम्मानित गरिएको थियाे ।
यसैगरि बढी दूध र पशुआहार खरिद गर्ने आशिष मल्ल, बासुदेव अधिकारी बलराम गाैतम, भाडा सफा राख्ने लक्ष्मी कार्की , गाेठ सफा राख्ने केदार प्रसाद अधिकारी , असली ऋणि जयराम घिमिरे , धनकुमारी गाैतम र नियमित बचतकर्ता यादव सापकोटा र कृष्णप्रसाद दुलाललाई पुरस्कृत गरिएको थियाे ।
साधारणसभामा सञ्चारकर्मी भीमसेन पाैडेल, निर्वाचन समिति संयाेजक रमेश प्रसाद लामिछाने सदस्य बद्री बहादुर पाठकलाई पनि पुरस्कृत गरिएको थियाे ।
साधारणसभामा हेटाैडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पाैडेल, बागमती प्रदृेश दुग्ध विकास बाेर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी , मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि कडेल, संस्थापक अध्यक्ष हरि प्रसाद सिग्देल , पूर्व अध्यक्ष बासुदेव सापकाेटा, निवर्तमान अध्यक्ष श्याम प्रसाद न्याैपाने , रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्याैपाने, लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
संस्थाले आफ्नाे ३४ औ वार्षिकोत्सबकाे अवसर पारेर साधारणसभा गरेकाे हाे ।
प्रतिक्रिया दिनुहोस्