हेटौंडा । मकवानपुरको एक बालकको नजिकको कुलोमा डुवेर मृत्यु भएको छ ।

मनहरी गाउँपालिका—६ प्रतापुरका १८ महिनाको सामुयल चेपाङको घरनजिकको पानीको कुलोमा डुबेर मृत्यु भएको हो ।

घरबाट ५० मिटर टाढामा रहेको कुलो डुबिरहेको अवस्थामा बाबुले देखेपछि उपचारका निम्ति मनहरी अस्पतालमा ल्याएका थिए । अस्पतालमा ल्याउँदा ल्याउँदै बालकको बाटोमै मृत्यु भएको थियो ।