हेटौँडा । राप्रपा मकवानपुरले बागमती गाउँपालिका वडा नं. ५ भोर्लेनीमा राहत वितरण गरेको छ ।

जिल्लामा कार्यसमितिले सङ्कलन गरेको राहत सामाग्री राप्रपाका वरिष्ठ उपाध्यक्ष सागर थापाको नेतृत्व गएको टोलीले वितरण गरेको हो । बागमती गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष विजय भोलनको उपस्थितीमा २७ घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।

असोज ११ र १२ गते वर्षासँगै आएको बाढी र पहिरो पीडितलाई राप्रपाले राहत सहयोग गर्दै आएको छ । यसअघि सिस्नेरी र बकैयामा पनि राप्रपाले राहत वितरण गरिसकेको राप्रपा मकवानपुरका युवा नेता सम्राट सिंहले जानकारी दिए ।