हेटौँडा । ६९ औँ प्रहरी दिवसको अवसरमा धार्मिक एवम् पर्यटकीय स्थलको सरसफाइ गरिएको छ । हेटौँडा–२ मा रहेको धार्मिक एवम् पर्यटकीय स्थल वनस्खण्डी देवी मन्दिर परिसरमा सरसफाइ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखराका प्रहरी टीमले मिलेर मन्दिरको सरसफाइ गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको नेतृत्वमा वडा प्रहरी कार्यालय हेटौँडा, इलाका प्रहरी कार्यालय पशुपतीनगर र बनस्खण्डी मन्दिर व्यवस्थापनका पदाधिकारीसहित ३८ जनाको उपस्थितमा मन्दिरको सरसफाई गरिएको थियो ।

नागरिकको सुरक्षा सँगै सामाजिक उत्तरदायित्व अन्र्तगत धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रको सरसफाइमा नेपाल प्रहरीले सक्रियता देखाएको हो । मकवानपुरको पर्यटकीय क्षेत्रहरू मध्य वनस्खण्डी देवी मन्दिर पनि पर्यटकको रोजाईमा पर्ने गरेको छ । वनस्खण्डी सामुदायिक वन भित्र रहेको यो मन्दिरमा विवाह व्रतबन्ध गर्ने तथा पिकनिक गर्नेहरुको पनि बाक्लो उपस्थिति हुनेगरेको छ ।

Visited 34 times, 1 visit(s) today