हेटाैँडा । हेटाैँडा-६ चाैघडामा रहेकाे रक्षादेवी बचत समूहकाे २५ औ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।
रानी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष केशव धितालकाे प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष तारानाथ खतिवडाको सभाध्यक्षतामा साधारणसभा भएको हाे ।
साधारणसभामा सचिव भीमसेन पाैडेलले प्रगति प्रतिवेदन र काेषाध्यक्ष रामहरि चाैलागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय विडारी, निर्देशन समिति संयाेजक त्रिविक्रम मानन्धर , नेपाल पत्रकार महासंघ, बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
५२ जना सदस्य रहेकाे समूहले ४५ लाखकाे काराेवार गरेकाे समूहले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्