हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाको एक बालिकाको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।
बागमती गाउँपालिका—१ हात्तिढुंगाकी १३ वर्षीया रुविना तामाङ चिरुवा खोलामा नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।
रुविनासहित तीन जना बालिकाहरू चिरुवा खोलामा सोमबार दिउँसो नुहाउन गएका थिए । नुहाउने क्रममा उनी खोला डुबेकी थिइन् ।
खोलामा डुबेसँगै नुहाउन गएकी एलिना तामाङले ’रुविनाको हजुरआमा र हजुरबुबा’ भनेपछि हतारहतारमा आएर खोलाबाट रुविनालाई निकालेका थिए । रुविनालाई तत्कालै उपचारका लागि झुरझुरेस्थित क्लिनिकमा लगिएको थियो ।
उनको उपचार गर्ने क्रममा नै मृत्यु भएृको प्रहरीले जनाएको छ । सोमबार राति नै पोष्टमार्टम गर्न उनको शव हेटौंडा अस्पताल ल्याइएको छ । रुविना मामा घर बस्दै आएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्