हेटौँडा । मकवानपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगदसहित आठ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति १२ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका ०६ भुलचोकस्थित कृष्ण पाख्रिनको गोठमा जुवा तास खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिइएको हो ।

मनहरी गाउँपालिका ६ का वर्ष ४७ का रेशम तामाङ, वर्ष २४ का रविन मोक्तान, वर्ष ५३ का गोपीलाल मोक्तान, वर्ष ४२ का अशोक राई, वर्ष ४० का कृष्ण थिङ, वर्ष ४० का कृष्ण पाख्रिन, वर्ष ४५ का सन्तोष राई र वर्ष ३३ का विष्णु पाख्रिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै प्रहरीले नगद ४५ हजारु ४४५ रुपियाँ र १० बुक ताससहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Visited 56 times, 1 visit(s) today