
हेटौँडा । खुकुरी प्रहारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले हेटौंडा उपमहानगरपालिका–११ का २९ वर्षीय विशाल तामाङ र १८ वर्षीय सनिस घिमिरेलाई पक्राउ गरेको हो ।
उनीहरूले हेटौँडा उपमहानगरपालिका–१ जरुवाटोलका २२ वर्षीय रोनक खड्केलाई खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास गरेको प्रहरीको आरोप छ । थानीय टिसिएनरोड बस्दै आएका खड्केलाई आफ्नै कोठामा रहेका बेला उनीहरूले आइतबार खुकुरी प्रहार थिए ।
मोटरसाइकलमा आएका उनीहरुले अश्लिल शब्द प्रयिग गर्दै ज्यान मार्ने उद्देश्यले धारिलो हतियार खुकुरी प्रहार गरी भागेका थिए । खड्केको टाउको, अनुहार, घाँटी तथा शरीरका बिभिन्न भागमा चोट लागेको छ ।
डीएसपी श्यामु अर्यालका अनुसार पक्राउ परेका तामाङ र घिमिरेलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्