हेटाैँडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालय हेटौँडाको वितेको आर्थिक वर्षको वार्षिक समीक्षा गोष्ठी हेटौँडामा सुरु भएको छ । तीन दिन सम्म चल्ने गाेष्ठीमा प्रदेशका जिल्ला स्वास्थ्य कार्यालय, अस्पतालहरुका प्रमुख तथा प्रतिनिधिहरुकाे सहभागिता रहेकाे छ ।

कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशका स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावकारी बनाइने बताए । आफुहरुले सरकारमा बसेर नीति बनाउने र त्यसलाई कार्यान्वयन गर्ने काम भनेको कर्मचारीले गर्नुपर्ने उनले बताए । उनले प्रदेश स‌रचना बनेपछि स्वास्थ्य सेवामा पनि सुधार हुँदै गएकाे बताए । उनले नागरिकले अनुभत पाउनेगरी सेवा प्रभाह गर्न निर्देशन समेत दिए ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले यो समीक्षा गोष्ठी संगै गतवर्षको कमिकमजोरीहरुलाई सच्याएर अगाडी बढ्ने बताए । संघीयताको कार्यान्वयन भनेको स्वास्थ्य र शिक्षा प्रभावकारी बनाउनुपर्छ भन्ने उदेस्यका साथ काम गरिएको बताए ।

कार्यक्रममा बिभीन्न मन्त्रालयका मन्त्रीहरु, सचिबहरु, स्वास्थ्य मन्त्रालय अन्तरगतका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।