हेटौँडा। खुलेको निलो आकाश, फाँटभर तोरी, तोरीसँगै भुनभुन गरिरहेको माहुरीको दृश्यले सबैलाई प्रफुल्लित तुल्याएको छ। सिरसिरे हावासँगै तोरीको फूलको सुगन्धले मुग्ध बनाएको छ।

मकवानपुरको फाँटमा तोरी फुलेर खेत पहेँलपुर बनेको छ। जिल्लाको हेटौँडा, पदमपोखरी, बकैया, बागमती, मनहरी, मकवानपुरगढी लगायतका क्षेत्रका खेतमा अहिले सर्वत्र ढकमक्क तोरी फुलेको छ।

तोरी फुलेपछि खेतको दृश्य निकै मनमोहक देखिएको छ। यसैगरी, तोरीको फूलले माहुरीलाई आकर्षित गरिरहेको छ। तोरीको एउटा फूलबाट अर्को फूलमा डुल्दै माहुरीले रस चुसिरहेको दृश्यले पनि मनै लोभ्याउने गरेको छ।

माहुरीले तोरीको रस चुसेर परागसेचन प्रक्रियामा ठुलो सहयोग गर्दछन्। पछिल्लो समय विषादीको प्रयोगले गर्दा फूलमा आउने मौरीको सङ्ख्या भने घटेको देखिन्छ। गाेरखापत्रबाट

Visited 30 times, 1 visit(s) today