हेटौँडा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ बागमती प्रदेशको अध्यक्षमा सिन्धुलीका किरण श्रेष्ठ बिजयी भएका छन । शनिवार हेटौँडामा भएको आठौँ साधारण सभा तथा चौंथो अधिवेशन २०८१ बाट श्रेष्ठ बिजयी भएका हुन । चितवनका सन्तोष भुसाललाई पराजित गर्दै श्रेष्ठ बिजयी भएका थिए ।

श्रेष्ठले १२ मत प्राप्त गर्दा चितवनका भुसालले ९ मत ल्याएर पराजित हुन पुगे । मतदान प्रक्रियामा २२ मत खसेकोमा एक मत बदर भएको निर्वाचन अधिकृत ऋषी केबीले जानकारी दिए ।

त्यस्तै क्यानको उपाध्यक्षमा विकास पन्थ (काभ्रे), सचिव सुदिप घिमिरे (दोलखा), सह–सचिव पवन नेपाल (नुवाकोट), कोषाध्यक्ष निरज, सापकोटा (रामेछाप) र सदस्यमा राजेन्द्र प्याकुरेल (रसुवा) सर्वसम्मत चयन भएका हुन ।

कार्यक्रममा क्यान प्रदेशका सचिव किरण श्रेष्ठले संस्थाको गतिविधि तथा वार्षिक कार्य योजना प्रस्तुत र कोषाध्यक्ष विकास पन्तले अर्थिक गतिविधि तथा आगामी आर्थिक योजना पेस गरेका थिए ।

क्यान महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीको प्रमुख आतिथ्य एवम् बागमती प्रदेशका अध्यक्ष पुष्पराज पुडासैनीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा क्यानका केन्द्रीय सचिव शेखर दुलाल, भूपालदास श्रेष्ठ, केन्द्रीय सदस्य भानु शर्मा, लेखा समिति सदस्य प्रभात श्रेष्ठ, पूर्व केन्द्रीय तृतीय उपाध्यक्ष दीपेन्द्र रेग्मी, पूर्व केन्द्रीय सदस्य श्यमकल श्रेष्ठ, क्यान महासङ्घ मकवानपुरका संस्थापक अध्यक्ष नेत्र बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

क्यानको बागमती प्रदेशको मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुलीमा शाखाहरू रहेको छ ।