
हेटौँडा । ट्रकले किचेर हेटौँडाको सडक छेउमा बोरा ओढी सुतेका एक युवकको मृत्य भएको छ ।
पूर्व-पश्चिम सडक खण्डको हेटौँडा उपहमानगरपालिका-४ मा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेका ना ६ ख ३३७६ नम्वरको ट्रकले किचेर हेटौँडा उपमहानगरपालिका-१ चौकीटोलका ३३ वर्षीय श्रीकृष्ण न्यौपानेको मृत्यु भएको हो ।
कनिका लोड गरेको ट्रक रजत जयन्ति चोकवाट मोड्न खोज्दा सडक छेउमा बोरा ओडी सुतेका न्यौपानेलाई किचेर घाइते बनाएको थियो ।
घाइते न्यौपानेलाई उपचारका निम्ति भरतपुर लगिएको थियो । उपचार गर्ने क्रममा उनको बुधबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ । न्यौपाने बजार क्षेत्रमा मजदुरी गरेर सडकमै सुत्ने गरेका थिए । उनी लामो समयदेखि घर गएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्