rpt

हेटौंडा । गैर सरकारी संस्था महासंघ नेपाल बागमती प्रदेश र जिल्ला शाखा मकवानपुरकाे संयुक्त आयोजनामा बधाई तथा शुभकामना कार्यक्रम भएको छ ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश, मकवानपुर शाखा र राष्ट्रिय अपांग महासंघ बागमती प्रदेशका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिइएको हो ।

गैसस महासंघका केन्द्रीय सचिव बुद्धशरण लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर, अपांग महासंघ बागमती प्रदेश अध्यक्ष उपेन्द्र श्रेष्ठ, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, गैेसस बागमती कार्यवाहक अध्यक्ष कमल कुमार बिश्वकर्मा लगायतकाले शुभकामना दिएका थिए ।

कुमारी वाइवाले संचालन गरेको कार्यक्रममा गैसस मकवानपुर अध्यक्ष रमिला सापकोटाले स्वागत गरेकी थिइन ।