हेटौँडा । जेसीआई हेटौँडा वर्ष २०२५ का लागि अध्यक्षमा पंकज दास बनियाँ निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा ९२ मतसहित बनियाँ निर्वाचित भएका हुन् । ८८ मतसहित विवेक आनन्द न्यौपाने पराजित भए । बनियाँ सँगै उनकै सम्पूर्ण टिम नै निर्वाचित  भएका छन् ।

कार्यकारिणी उपाध्यक्षमा बनियाँ टिमकै सन्तोष पराजुलीले १०२ मत र विश्वप्रसाद गौतमले १०१ मत प्राप्त गर्दै विजयी भएका छन् ।  न्यौपाने टिमकाका सुदीप तिमल्सिनाले ८५ मत र गंगाप्रसाद पौडेलले ७० मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपाध्यक्षमा किरण आलेले १६६ मत, विवेक फूँयालले १४८ मत,  प्रविण श्रेष्ठले  १२८ मत र कुशल रिजालले ११३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उपाध्यक्षका आकांक्षी शिशिर पराजुलीले ८२ मत र विराज गौतमले ७८ मत प्राप्त गर्दै पराजित भएका थिए ।

जेसीआई हेटौँडाका एक सय ९९ सदस्य मध्ये शनिबार सम्पन्न निर्वाचनमा एक सय ८० जनाले मतदान गरेका थिए । एक वर्षे कार्यकाल रहने जेसीजमा अध्यक्षले महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकारसहित विभिन्न पदमा मनोनित गर्नेछन । ४० वर्ष भन्दा कम उमेरका युवाको नेतृत्व र व्यक्तित्व विकास गर्ने जेसीज अन्तर्राष्ट्रिय संस्थाको रुपमा स्थापित छ ।