
हेटौँडा । हेटौँडा–६, चौघडामा रहेको मक्राञ्चुली सहकारी संस्थाको १८ औ वार्षिक साधारणसभा आईतवार रानी सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ ।
हेटौँडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष डाक्टर कृष्णप्रसाद धितालको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा संस्था अध्यक्ष धितालले संस्थागत प्रतिवेदन र लेखा समिति सदस्य केशव धितालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा हेटाँैडा उपमहानगरपालिका–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, बंशगोपाल दुग्ध उत्पादक सहकारीका अध्यक्ष रामहरि चौलागाई, नौलो विहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, सुनगाभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष रामहरि न्यौपाने, गरिबी निवारण सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटा , शेयर सदस्य, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
साधारणसभाले संस्थाको रिक्त रहेको लेखा संयोजकमा कुमारमणी दहाल र सदस्यमा सिताराम दाहाललाई चयन गरेको छ ।
२०३३ सालमा स्थापित यो सहकारीले मलखाद, विउविजन, किटनाशक विषादी, कृषि औजार, कृषि उपज खरिद विक्री लगायतका कामहरु गर्दै आएको छ । सहकारीमा ४ सय २९ जना शेयर सदस्यहरु आवद्व रहेको ब्यवस्थापक केदारप्रसाद सञ्जेलले बताए ।
प्रतिक्रिया दिनुहोस्