हेटौंडा । लागु औषध गाँजा, पिकअप गाडि सहित मकवानपुर प्रहरीले तीन जना पक्राउ परेको छ । प्रहरीले १८० किलो लागुऔषध गाँजा, पिकअप गाडि सहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले मनहरी गाउपालिका वडा नम्बर ७ स्थित सडकखण्ड चैनपुरबाट हेटांैडा तर्फ आउदै गरेको बा. ७ च १६०६ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा लागु औषध बराद गरेको हो । प्रहरीले चालक मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १६ बस्ने वर्ष २९ को बुद्धिमान वाईबा, पिकअप गाडिमा सवार साही स्थान बस्ने वर्ष २९ को अर्जुन स्याङतान र वर्ष ३० को बिनोद पाख्रिनले लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा बरामद गरेको थियो ।

लागु औषध सहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।