
हेटाैँडा । मकवानपुर प्रहरीले अफिमसहित दुई युवकलाई पक्राउ गरेको छ । बाराको कलैया नगरपालिका–४ का १८ वर्षीय दिपक साह र सिम्रनगढ–१ का १९ वर्षीय शसि मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट २ किलो १४० ग्राम अफिम बरामद गरेको छ । राक्सिराङ गाउँपालिका–५ बोटवारी नजिकबाट झोला बोकेर हिडिँरहेको अवस्थामा प्रहरीले शंका लागि खानतलासी गर्दा उनीहरुको झोलाभित्र अफिम फेला परेको हो ।
प्लाष्टिकले बेरेर ल्याएको अफिमसहित पक्राउ परेका दुवै जनाविरुद्ध अनुसन्धान भइरहेको हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
चालु आर्थिक वर्षको हालसम्म मकवानपुर प्रहरीद्ये ४ हजार किलो गाँजा र ३५ किलो अफिम बरामद गरेको छ । जसमा ११५ जना पक्राउ परेका छन् ।
Visited 93 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्