हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले फागुन १ गतेको लागि उपमहानगरभित्रका सम्पुर्ण नीजि तथा सरकारी विद्यालयलाई विदा दिएको छ ।

उपमहानगरपालिकाले फागुन १ गते स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा कार्यक्रम हुने भएकाले उपमहानगर भित्रका सम्पूर्ण निजी तथा सामुदायिक शैक्षिक सस्था बन्द हुने जनाएको हो ।

उपमहानगरले घोषणा कार्यक्रममा सबै निकायका कर्मचारी सहभागी हुने भएकोले विद्यालय बन्द गरेको जनाएको छ ।

उपमहानगरपालिकाले सबै निजि तथा सामुदायिक विद्यालयलाई विद्यालय बन्द गरेर कार्यक्रममा सहभागी हुनको लागि परिपत्र समेत गरेको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए ।

Visited 102 times, 1 visit(s) today