हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मानसचोकमा बुलेट बाइकको ठक्करबाट ७३ वर्षीय एक वृद्धा गम्भीर घाइते भएका छन् ।
बिहीबार बिहान मानस चोकबाट लोकप्रिय मोड तर्फ जाँदै गरेको बागमती प्र–०३–०४प ७४३८ नम्बरको बुलेट बाइकले पैदल यात्री हेटौँडा–५ सानोपोखरा बस्ने ७३ वर्षीया बिष्णु खड्कालाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते उनको हेटौँडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई वडा प्रहरी कार्यालय हेटौँडाले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया दिनुहोस्