हेटौँडा । कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा कार्यरत कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा कैलाश गाउँपालिका विजयी भएको छ । कैलाश गाउँपालिकाको आयोजनामा भएको खेलमा १–० गोल अन्तरले कैलाश विजयी भएको हो ।

कैलाशका रोजगार संयोजक हस्तराम नेगी गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो । उनले थ्रो मार्फत मैदानमा फालिएको बल गोल हुन पुगेको थियो । विजेतालाई ट्रफि र मेडल, उपविजेतालाई मेडल प्रदान गरिएको थियो । मैत्रीपूर्ण फुटबलमा खेलकुद विकास समितिका संयोजक मोहन वाईवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा प्रतियोगिता गराइएको थियो ।

कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, मकवानपुरगढीका वरिष्ठ लेखा अधिकृत रामकृष्ण श्रेष्ठको नेतृत्वमा पालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Visited 27 times, 1 visit(s) today