
हेटाैँडा । मकवानपुरको मनहरीमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
मनहरी गाउँपालिका–७ स्थित डम्पिङसाईटमा सालनालसहित नवजात शिशु (छोरी) को मंगलबार बेलुका शव फेला परेको हो ।
कसले उक्त नवजात शिशु त्यहाँ फालेको हो भन्ने खुलेको छ । यसबारे अनुसन्धान भइरहेको ईप्रका मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाले बताए ।
‘एक/दुई दिनअघि जन्माएर फालेको हुनसक्ने अनुमान गरेका छौं,’ उनले भने । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार यो चालु आवको ८ महिनामा तीन नवजात शिशु फालेको घटना प्रहरी कार्यालयमा दर्ता भएको छ ।
१ वटा नवजात शिशु मृत अवस्थामा फेला परेको थियो भने २ वटा जीवित अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।
Visited 26 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्