काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि २६ गतेसम्म निष्काशन खुला गरेको आईपीओ मंगलबार बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बिहान ८।३० बजे आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

उक्त कम्पनीको आईपीओमा २० लाख ४८ हजार ५३८ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिनको अन्तिम समयसम्म २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन परेको थियो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेका हो ।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपियाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपियाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।

सोमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपियाँबराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै कर्मचारीहरूका लागि ३ प्रतिशत अर्थात् ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता पनि बाँडफाँट गरिसकेको छ।

कम्पनीले बाँकी रहेको १८ करोड ४५ लाख रुपियाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको बिक्री हो । उक्त कम्पनीको शेयर १ लाख ८४ हजार ५ सय जनालाई १०–१० कित्ताका दरले पर्नेछ ।

Visited 25 times, 1 visit(s) today