हेटौंडा । हेटौंडा–१६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगमा एक मजदुरको ज्यान गएको छ ।

बिहिवार (आज) विहान ७ बजेको समयमा मेसिन सरसफाई गर्ने क्रममा मेसिनमा च्यापिएर मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत पश्चिम चम्पायर विहार घर भएका वर्ष अन्दाजी २० का नकीफ अख्तर हुसेर रहेको प्रहरीले जानकारी दिएको छ ।

मेसिनमा च्यापिएर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पतालका मृत्यु भएको हो । उनी शिवम् सिमेन्टमा मजदुर रहेका थिए । प्रहरीका अनुसार उनीसंगै उनको बुवा र दाई समेत शिवम् सिमेन्टमा मजदुर रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।