हेटौँडा । शुक्रवार दिउँसो हेटौँडा उपमहानगरपालिका–१० कर्रा चोकमा करेन्ट लागेर एक जना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१६ उत्तर पानी बस्ने २५ वर्षीय विमल बम्जन पसल छेउमा रहेको तारमा छुन पुग्दा करेन्ट लागेर घाइते भएका हुन ।

कर्रा चोक स्थित श्रीराम पान पसलमा पान किन्न आएका बम्जन पसल छेउको तार छुन पुग्दा घाइते भएको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ । घाइतेको हेटौँडा अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि मोडेल अस्पताल रिफर गरिएको छ ।