हेटौँडा । संस्कृतिविद डा. गोविन्द टण्डनले हेटौँडा उपमहानगरपालिका–६ मा रहेको क्लवलाई पुस्तक सहयोग गरेका छन् ।
हेटौँडा–६, चौघडा घर भै हाल काठमाडौंमा बसोवास गर्दै आएका टण्डनले चौघडामा रहेको नवजीवन ज्योति क्लवलाई विभिन्न विधाका दुईसय ६ थान पुस्तक सहयोग गरेको क्लवका सचिव राजकुमार फुयाँलले जानकारी दिए ।
क्लवका आजिवन सदस्य समेत रहेका डा. टण्डनले उक्त पुस्तक क्लवका अध्यक्ष राजकुमार बास्तोलालाई क्लवमा आयोजित पुस्तक हस्तान्तरण कार्यक्रममा उपलब्ध गराएका थिए ।
कार्यक्रममा क्लवका पूर्व अध्यक्ष विजय कुमार श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, श्रीराम पुडासैनी, शिक्षाविद बद्रीबहादुर पाठक, क्लवका पदाधिकारी, सल्लाहकार,स्थानीय लगायतको उपस्थिति रहेको थियोे ।
२०५८ सालको राष्ट्रिय वातावरण पुरस्कार प्राप्त गरेको क्लवले हाल विभिन्न सरकारी निकायको सहयोगबाट चौघडामा ३ तल्ले भवन निर्माण गरेको छ । क्लबले पुस्तकालय सञ्चालन, सामाजिक कार्य, खेलकुद, सांस्कृतिक कार्यक्रम, वातावरण संरक्षण लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।


भीमसेन पौडेल 








प्रतिक्रिया दिनुहोस्