नेपालकै चर्चित रियालिटी सो द भ्वाइस अफ नेपाल किड्स सिजन वानमा दमदार प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएका मकवानपुरे जेनिस उप्रेतीले भोट गर्न अपिल गरेका छन् । हेटौंडामा शनिबार पत्रकार सम्मेलन मार्फत् उप्रेतीले भोट गर्न अपिल गरेकाहुन् ।
जेनिस भ्वाइस अफ नेपाल किड्सको डिजिट, ब्ल्याण्ड र ब्याटल राउण्ड हुँदै लाइभ राउण्डमा प्रवेश गरिसेका छन् । अब उनलाई अगाडि बढ्नको लागि कोचको मन जितेर मात्रै पुग्दैन । उनलाई दर्शकको माया साथसाथै अत्याधिक भोटको समेत आवश्यक पर्दछ । उनले आफुलाई भोट गरेर प्रतियोगिताको अगाडि बढाई दिनुहुन अनुरोध गरेका छन् ।
को हुन् जेनिस
जेनिसको जन्म विं.सं. २०६७ सालमा हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बस्तिपुरमा भएको हो । उनको आमा केही महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाको कारण मृत्यु भइसकेको छ । बाबु पनि बैदेशिक रोजगारीमा खाडी मुलुकमा छन् । चार बषकै उमेरमा गीत गाउन शुरु गरेको जेनिस अहिले ११ बर्षको भए । उनका बाबु रोजगारीको शिलशिलामा कुवेत बिगत १० बर्षदेखि सवारी चालकको रुपमा छन् ।
सानै उमेरमा आमाको साथ गुमाएका जेनिस अहिले काकासंगै चितवनमा बस्दै आएका छन् । उनी अहिले चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ माअध्ययनरत छन् ।उनका अविभावकका अनुसार उनले ४बर्षको उमेर विद्यालयमा अविभावक भेलामा गीत गाउन शुरु गरेका थिए ।
द भ्वाइस अफ नेपाल र किड्सको छोटो सयममा नै कोच फर्काउन सफल भएका जेनिस पहिलो सिजनको प्रमुख उपाधि दाबेदारका रुपमा समेत लिइएको छ । उनले ब्ल्याण्ड राउण्डमा उदित नारायण झा र दीप नारायण झाको स्वरमा रहेको “ए मरो हजुर” बोलको गीत गाउँदै चारैजना कोचलाई आफूतिर फर्काएका थिए । त्यस्तै ब्यटल राउण्डमा जेनिसले दिप्सन खत्री र निमेश शर्मालाई पछि पार्दै लाइभ राउण्मा प्रवेश गरेका थिए । उनले ब्याटल राउण्डमा उदित नारायणकै स्वरमा रहेको “यो गाउँको ठिटो म” बोलको गीत गाएका थिए ।
जेनिस दुईपटक द भ्वाइस अफ नेपालको उपाधी जिताउन सफल टिम प्रमोदको टिम रहेका छन् । कोच प्रमोदको टिममा जेनिससंगै, सम्बृद्धि परियार, शुभम् निरौला, सिम्रन आले, दर्शिल पन्त र रुक्साना लिम्बु रहेका छन् । जसमा आगामी हप्ताकोच प्रमोदको टिमबाट कमभोट ल्याउने दुई जना प्रतियोगिताबाट बाहिरिने छन् ।
यदी जेनिसले टिम प्रमोदबाट टप १६ मा स्थान बनाएको खण्डमा टप ८ हुँदै उत्कृष्ट ४ मा स्थान बनाउने छन् । त्यस पश्चात पहिलो द भ्वाइस अफ नेपाल किड्सको उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । उपाधि जित्नको लागि त्यहाँ पनि कोचको कुनै हात हुने छैन । दर्शककै साथ, सहयोग र भोटको आवश्यकता पर्दछ ।
हेटौडामा जन्मेको दुई बर्षमा उनलाई आमाले झापा मामाघर लिएर गएका थिए । त्यसपछि उनको करिब ८ बर्ष मामाघरमै बित्यो । सोही क्रममा उनले संगीतको कक्षा पनि लिएका थिए । जेनिसका अविभावका अनुसार उनले संगीत सिक्न थालेको चार बर्ष भइसकेको छ । उनको संगीतमा लगाब भने ४ बर्षको उमेरदेखि नै थियो ।
यही शुक्रबारबाट द भ्वाइस किड्समा लाइभ राउण्ड चलिरहेको छ । लाईभ राउण्डदेखि प्रतियोगिलाई अगाडि लैजाने कोचको कुनै हातहुँदैन । पूर्ण रुपमा दर्शकको माया, साथ र सहयोगको मुख्य भूमिका रहन्छ कुन प्रतियोगिलाई अगाडि बढाउने भन्ने । अहिले लाइभ राउण्डमा चारजना कोचका ६–६ जना गरी कुल २४ जनाप्रतियोगि रहेका छन् । जसमा आगामी हप्ता भ्वाइस किड्समा १६ जनाले टप १६ मा स्थानबनाउने छन् भने बाँकी आठ जनाप्रतियोगिताबाट बाहिरिने छन् ।
यसरी भोट गर्ने ?
जेनिसालाई भोट गर्नको लागि खाल्ती एप्स डाउन्लोड गर्नुपर्नेछ । सोही एप्स मार्फत आफुले चाहे अनुसार अधिकतम् करिव पाँच हजार मुल्य बराबरको भोट गर्न सकिनेछ भने एक भोट निःशुल्क पनि गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्