हेटौंडा । हेटौंडामा निशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महासाखाको आयोजनामा प्रदेश लोकसेवा आयोगद्वारा लिइने पाठ्यक्रममा आधारित पाँचौ तहको एक महिने लोकसेवा आयोग तयारी कक्षा सुरु भएको हो ।

आज देखि एक महिना सम्म सञ्चालन हुने तयारी कक्षामा एक सय ८ जनाको सहभागिता रहेको छ । बिहान र साझगरी दुइ चरणमा कक्षा सञ्चालन गरिने छ । तालिममा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका बिभिन्न कार्यालयमा कार्यरत अधिकृत र माथिल्लो तहका कर्मचारीले प्रशिक्षण दिनेछन् ।