A man walks past an unexploded tail section of a 300mm rocket which appear to contained cluster bombs launched from a BM-30 Smerch multiple rocket launcher embedded in the ground after shelling in Lysychansk, Lugansk region on April 11, 2022. (Photo by Anatolii STEPANOV / AFP) (Photo by ANATOLII STEPANOV/AFP via Getty Images)

एजेन्सी । अमेरिकाले १२० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेनमा पठाउने भएको छ । राष्ट्रपति जो बाइडेनले आफूलाई यो निर्णय गर्न निकै कठिन भएको बताए ।

उनले युक्रेनमा गोलीगठ्ठा सकिनै लागेकाले क्लस्टर बम पठाउने निर्णय लिन बाध्य भएको बताएका बीबीसीले जनाएको छ । यसअघि अमेरिकाले विवादास्पद क्लस्टर बम आपूर्तिका लागि युक्रेनले गरेको आग्रह स्वीकार गरेको विवरण सार्वजनिक भएको थियो ।

विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न सकिने यो अस्त्रबाट साना बमहरू निस्किन्छन् । युक्रेनका नेताहरुले अमेरिकी यो कदमको स्वागत गरेका छन् । तर, रुसले भने यसको कडा विरोध गरेको छ । अमेरिकी राष्ट्रपति बाइडेनले सीएनएनसँगको एक अन्तर्वार्तामा यस निर्णयबारे आफूले सहयोगी राष्ट्रसँग छलफल गरेको बताए ।