FILE: Jack Ma, billionaire and chairman of Alibaba Group Holding Ltd., arrives for the Tech For Good summit at Elysee Palace in Paris, France, on Wednesday, May 15, 2019. Ma is giving up the reins of Alibaba Group Holding Ltd. after presiding over one of the most spectacular creations of wealth the world has ever seen. The former English teacher steps down as executive chairman of China’s largest company on his 55th birthday after amassing a $41.8 billion fortune. Photographer: Marlene Awaad/Bloomberg

एजेन्सी । चिनियाँ अर्बपति ज्याक मा माछापालन र कृषि उद्यममा लागेका छन । विश्वकै ठूला ई–कमर्स मध्येको एक अलिबाबा ग्रुप होल्डिङका संस्थापक एवं पूर्व अध्यक्ष ज्याक मा कृषि उद्यमतर्फ लागेका हुन ।

चीनको झेजियाङ प्रान्तको राजधानी हाङ्झोउमा ’१.८ मिटर मरिन टेक्नोलोजी’ नामक कृषि स्टार्टअपमा ज्याक मा पनि संलग्न रहेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । गएको जुलाई २० तारिखमा दर्ता भएको स्टार्टअपको चुक्ता पुँजी एक करोड ५० लाख अमेरिकी डलर छ ।

ज्याक माले लगानी गरेको एग्रो–टेक स्टार्टअपले मत्स्यपालन, जलाचरसम्बन्धी उत्पादन, आहार र प्रशोधनलगायत क्षेत्रमा काम गर्छ । यो व्यवसायमा हङकङमा रहेको १ दशमलव ८ मिटर टेक्नोलोजी होल्डिङ लिमिटेडको ८० प्रतिशत हिस्सा छ । यसको दोस्रो ठूलो १० प्रतिशत हिस्सा आट्र्स एन्ड कल्चर कम्पनी लिमिटेड रहेको छ ।

यही वर्षको मे महिनादेखि टोकियो विश्वविद्यालयमा अध्यापन सुरु गरेका माले त्यहाँ दिगो कृषि र खाद्य उत्पादनबारे अनुसन्धानसमेत गर्ने विश्वविद्यालयले जनाएको छ । ज्याक मा गएको असार दोस्रो हप्ता नेपाल, पाकिस्तानलगायत दक्षिण एसियाली देशहरूको भ्रमणमा निस्केका थिए ।