हेटौंडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानको प्रमुख आतिथ्यता एवम सहकारीकी अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

सभामा अध्यक्ष कल्पना श्रेष्ठले संस्थागत प्रतिवेदन, सचिव सरिता विश्वकर्माले प्रगति प्रतिवेदन, लेखा संयोजक मीना दर्जीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा उत्कृष्ठ बाल बचतकर्ता निशान धिमाल, आकृति राई, कृस केसी र सुप्रिया खतिवडालाई पुरस्कृत गरिएको थियो । यसैगरी उत्कृष्ट नियमिति बचतकर्ता विष्णु कुमारी थिङ, गोविन्द ढुङगाना, सुशिला भुजेल र उत्कृष्ट ऋणीमा मिरा ठकुरी, अम्मर बहादुर गुरुङ मिना गौतम र सुर्जेमान रुम्बालाई पुरस्कृत गरिएको थियो ।

साधारणसभामा मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, राष्टिय सहकारी बैंक हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल, सिर्जनशिल समाज सहकारीका अध्यक्ष कृष्ण बिडारी, हिमाल महिला बहुउद्धेश्यीय सहकारीकी अध्यक्ष जानकी दाहाल, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुनप्रसाद दाहाल, भानु माविकका प्रअ राजेन्द्र थापा, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

शेयर पूँजी १ करोड ७९ लाख निक्षेप १३ करोड ७२ लाख ऋण लगानी १२ करोड ५२ लाख रहेको सहकारीमा ३ हजार २ सय ५० जना शेयर सदस्यहरु रहेको ब्यवस्थापक मेनुका दाहालले बताईन ।