हेटौंडा । हेटौंडा–२, संगमचोकमा रहेको ‘मेरो मार्ट’ ले चाडपर्व लक्षित गरेर विशेष अफर योजना ल्याएको छ । विजय दशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा मार्टले ग्राहक वर्गलाई मध्यनजर गरी बम्पर उपहारहरु सञ्चालनमा ल्याएको हो ।

चाडपर्व विशेष अफर यही असोज १८ गतेबाट सुरु भई कार्तिक २९ गतेसम्म सञ्चालन हुने मार्टका सञ्चालक राम बजगाईले जानकारी दिए । ‘चाडपर्व लक्षित अफर अन्तर्गत मेरो मार्टबाट सबैभन्दा बढी सामान खरिद गर्नेलाई कुपन अफरको व्यवस्था गरेका छौँ ।’ सञ्चालक बजगाईले भने–‘चाडपर्वमा धेरै कारोबार गर्ने ग्राहकलाई नगद ५ हजार रुपैयाँ, नगद ३ हजार रुपैयाँ, नगद २ हजार रुपैयाँ र ४ जना ग्राहकलाई १ हजार बराबरको खरिद कुपन प्रदान गर्ने छौँ ।’ एउटै छानामुनी खाद्यान्नको सबै सामग्रीहरु सुपथ मूल्यमा मेरो मार्टले विक्री गर्दै आइरहेको छ ।