हेटौंडा । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको अठारौं बार्षिक साधारणसभा तथा सातौं निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।

बार्षिक साधारणसभा पश्चात् सम्पन्न निर्वाचन कार्यकमले आगामी चार वर्षको लागि अध्यक्ष पदमा कल्पना श्रेष्ठलाई पुनः निर्वाचित गरेको छ ।

निर्वाचन समितिका संयोजक मदन कुमार दाहालका अनुसार श्रेष्ठले ७९ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । उनका प्रतिद्वन्द्वी राजु गौतमले ३९ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्ष पदमा मिनाकुमारी चौरेल विजयी भएकी छिन् । उनले ८२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी सितादेवी भेटवालले ३५ मत प्राप्त गरिन् ।

सचिव पदमा विरेन्द्रप्रसाद ढुङ्गानाले ७५ प्राप्त गरी विजयी भए । ढुङ्गानाका प्रतिद्वन्द्वी हरिप्रसाद पौडेलले ४३ मत प्राप्त गरे । सहसचिव पदमा विजयबहादुर बस्नेत विजयी भएका छन् । उनले ६८ मत प्राप्त गर्दा चुडामणी रुपाखेतीले ४४ मत प्राप्त गरे । यसैगरी कोषाध्यक्ष पदमा विष्णुमाया लामा निर्वाचित भएकी छिन् । उनले ८० मत प्राप्त गर्दा ध्रुवप्रसाद देवकोटाले ३८ मत प्राप्त गरे । उत्तर पूर्वी क्षेत्र सदस्य पदमा शर्मिला महत र पूर्वी क्षेत्र सदस्यमा सिताराम दाहाल सर्वसम्मत चयन भए । उत्तरी क्षेत्र सदस्यपदमा फणिन्द्रनाथ सुवेदी ७४ मतले विजयी भए । उनका प्रतिद्वन्दी सहदेव ढकालले ३८ मत प्राप्त गरे ।

पश्चिमी क्षेत्र सदस्य पदमा शंकर प्रसाद कालाखेतीले ७६ मत प्राप्त गरी विजयी भए भने राममाया नगरकोटीले ३० मत प्राप्त गरिन । यसैगरी ४ जना खुल्ला सदस्यमा हिमाल पौडेल ७७ मत, जुना दंगाल ६९ मत, जानकी चौधरी ६३ मत, यशोदा पराजुलीले ६१ मत प्राप्त गरी विजयी भए । सदस्यका प्रत्यासीहरु रामहरी तिमल्सिना ४५ मत, जानुका दवाडी ३४ मत, मिनु अग्रवालले ३३ मत, हरिमाया ढकाल अधिकारी ३० मत, रामकेदार बस्नेत १५ मत र योगनाथ दंगालले १३ मत प्राप्त गरेका थिए ।

संघको लेखा समिति संयोजकमा मिठाराम दहालले ६७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी श्रमिक लामाले ४३ मत प्राप्त गरिन् । यसैगरी २ जना लेखासमिति सदस्यमा सचिता भट्टराईले ७३ मत र कृष्ण विडारीले ५१ मत प्राप्त गरी विजयी भए भने श्रीराम दहालले ४९ मत र सुशान्त तिमल्सिनाले ३५ मत र प्राप्त गरेका थिए ।