हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको गोर्खा लाहारी प्रालिले सभाहल निर्माण गरिदिएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नं. २ मा रहेको बागमती माध्यामिक बिद्यालयमा करिव १० लाख बराबरको सभाहल निर्माण गरेको हो ।

औद्योगिक व्यवसायिक सामाजिक उत्तर दायित्व अन्तरगत बिद्यालयमा सभाहल निर्माण गरिएको गोर्खा लाहारीका प्रशासन प्रबन्धक प्रभाकर भण्डारीले जानकारी दिए । गोर्खा लाहारीले यसअघि मकवानपुर विभिन्न स्थानमा सहयोग गर्दै आफ्नो सामाजिक उत्तर दायित्व निर्वाह गरिरहेको उनले बताए ।

बागमती गाउँपालिका अध्यक्ष सर्केस घलानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोर्खा लाहारीका सिस्टम म्यानेजर विनोद थापा, प्रशासन प्रबन्धक प्रभाकर भण्डारी, बागमती माध्यामिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बच्चु गोले खड्का लगायतकाको सहभागिता रहेको थियो ।

बागमती माविका शिक्षक हर्क वहादुर राईले संचालन गरेको कार्यक्रममा वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक शिक्षिका, गोर्खा लाहारी प्रालिका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।