हेटौडा । हेटौंडामा ६ दिने सहकारी लेखापालको तालिम सुरु भएको छ।मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको आयोजना र बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा मंगलबारबाट हेटौडामा ६ दिने सहकारी लेखापालन तालिम शुरु भएको हो ।

तालिमको बागमती प्रदेश सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्टार रोहित पोखरेलले उदघाटन गरे  । सहकारीमा काम गर्ने कर्मचारीको जिम्मेवारी धेरै हुने हुँदा यस्ता तालिमले क्षमता विकासमा मद्धत गर्न सहयोग पुगोस भन्दै तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ।

 तालिममा सहकारीका सिद्धान्त,सहकारी ऐन, नियम, आयब्यय विवरण लगायतका विषयहरुमा सहभागीहरुलाई प्रशिक्षण गराईने संघ सचिव प्रतिमा श्रेष्ठले बताइन ।सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा हेटौडा–४ का अध्यक्ष नविन सिग्देल, हेटौडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम प्रसाद पौडेल, राष्ट्रिय सहकारी बैकका प्रमुख रामेश्वर अर्याल, टोल विकास संंस्था नगर समन्वय समिति अध्यक्ष धु्रव अधिकारी, मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोविन्द दाहाल लगायतो आतिथ्यता रहेको थियो । तालिममा रामेश्वर अर्याल, गोविन्द दाहाल, सीतारमा दाहाल, नवराज खनाल लगायतकाले सहजीकरण गर्ने कार्यक्रम छ ।

तालिममा बहुउद्धेश्यीय, कृषि र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, ब्यवस्थापक, लेखा संयोजक गरि २० जनाको सहभागिता रहेको ब्यवस्थापक महेश अधिकारीले बताए ।