हेटौंडा । मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको आयोजना र बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा सञ्चलित ६ दिने आधारभूत सहकारी लेखापालन तालिम सोमवार हेटौडामा सम्पन्न भएको छ ।

बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा तालिम समापन गरिएको हो । सहकारीका अध्यक्ष, ब्यवस्थापक, लेखा समिति, सञ्चालक सदस्यहरुलाई सहकारीका लेखाका विविध पक्षहरुको बारेमा जानकारी दिने उद्धेश्यले तालिमको आयोजना गरिएको हो । तालिम उपयोगी र फलदायी भएको कामधेनु बहुउद्धेश्यीय सहकारीकाी कार्यालय सहायक राधा गौतमले बताइन ।

तालिममा रामेश्वर अर्याल, नवराज खनाल, सीताराम दाहाल, गोविन्द दाहाल, महेश अधिकारी लगायतले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा हेटौडा–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि कँडेल, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघकी पूर्व उपाध्यक्ष राधा सिङतान, नेपाल अटिडर एशोसियसनका केन्द्रीय सदस्य प्रकाश ढकाल लगायतको आतिथ्यता रहेको थियो । तालिममा २० जनाको सहभागिता थियो ।