रोकिएको छु थन्किएको छैन ,
विचारमा छु मन्किएको छैन ।
सोचाईमा छु भन्किएको छैन ,
चुपचाप छु थन्किएको छैन ।।
उदासीन छु रिसाएको छैन ,
सोचमा छु खिसाएको छैन ।
उभिएको छु बिसाएको छैन ,
स्तब्ध त छु चिसाएको छैन ।।
अलि मौन छु मासिएको छैन,
टाढा टाढा छु नासिएको छैन ।
संगसंगै छु गाँसिएको छैन,
एकान्तमा छु भाँसिएको छैन ।।


हरिदत्त जोशी 















प्रतिक्रिया दिनुहोस्