कहिलेकाहीँ मृत्यु कहाँ कहाँ फल्ने गर्छ निकै अघि बल्खु दरबारको आरुको बोटमा फलेको थियो । फ़ेरि अब यतिबेला सिंहदरबारको आँगनमा उखुको बोटमा नफलोस् गुलियो चिनी फलाउने उखु रोपेर , नुनिलो आँसु बगाउनेहरु । घर लिलाम ,खेत लिलाम मात्रै आँसु बाँकी छ लिलाम हुन बैंकको ऋणको तुच्छ गाली बाँकी छ । लाउने लुगा छैन, खाने नि केही छैन, कसैले थोरै नि वास्ता गरेन बोल्दा बोल्दै शब्द होइन भक्कानो फुत्किन्छ । शब्द सकियर भक्कानो फुटाउनेहरुले अब के गर्नु/नगर्नु मर्ने कि के गर्ने भन्दै... त्यसो नगरुन सायद के गर्नु हुँदा मन मस्तिष्क अनिर्णयको बन्दी हुँदा जहाँ जसरी पनि मृत्यु फल्दो होला ।
प्रतिक्रिया दिनुहोस्