गाजलुती नजरका मिठा बातहरू
नसालु ती अधरका उनै सौगातहरू

रेशमी ती कपालमा पवनका झोकाले
सल्बलाउदा तिम्रो सिरमा मेरा हातहरू

अलौकिक दुनियाँमा पुगे सरि लाग्ने
तिमी सँग विताएका हरेक रातहरू

कल्पना मै रहे सबै यस्तै यस्तै पलहरू
तिम्रो सामु रहे सबै फिक्का मातहरू

आजभोलि दुनियाँलाई निहालेर हेर्दा
बेकार लाग्छ जवानिका सबै उन्मातहरू

हरि पराजुली
थप जानकारी