हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं.२ गोलढुंङगा/भर्याङडाडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.६ चौघडा बस्ने अन्दाजी ४५/५० बर्षीय राजेन्द्र पिठाकोटी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार हेटौंडा–फाखेल–काठमाडौ सडकखण्ड अन्तर्गत काठमाडौंबाट हेटौंडातर्फ आउदै गरेको बा ९० प ३६०४ नम्बरको मोटरसाइकल सोमबार अपह्रान्न ४ बजेर १५ मिनेटको समयमा सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

सुरक्षाकर्मीको टोलीले मोेटरसाइकल चालक पिठाकोटीलाई करिब २०० मिटर तल भीरबाट गम्भीर घाइते भएको अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पतालमा ल्याईएकोमा चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ ।