हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार तेस्रो क्वाटरफाइनल खेल सम्पन्न भएको छ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको खेलमा सेमिफाइनल प्रवेशका लागि मछिन्द्र युथ क्लब र जावलाखेल युथ क्लब बीच खेल भएको हो ।

दुई टिमबीचको खेल दिउँसो ३ बजेर २० मिनेटमा सुरु भएको थियो। खेलको निर्धारित समय भित्र दुबै टिमको तर्फबाट गोल नभए पछि खेल ट्राइब्रेकरमा गएको हो।ट्राइब्रेकरमा जावलाखेलका छिरिङ लामा ,अशोक खवास ,अनिल महर्जन र सुनिल खडका पेनाल्टी शुटाउटमा सहभागी भएकोमा छिरिङ लामाले मात्रै गोल गरे भने मछिन्द्र क्लबका बिशाल तामाङ ,बिमल घर्ती मगर,अभिषेक गुरुङ र कृस्टोफर चिजोबाले सहभागी भएकोमा बिमल घर्ती मगरले मात्रै असफल प्रहार गरे। त्यो सङै मछिन्द्र क्लबसंग जाउलाखेल १–३ गोल अन्तरले पराजित भयो ।

जउलाखेल बागमती गोल्डकपको तेस्रो संस्करणको बिजेता हो भने मछिन्द्र दोस्रो सस्करणको उपविजेता समेत हो । खेलको म्यान अफ द म्याच मछिन्द्र क्लबका प्रदिप भन्डारी घोसित भए । विजयी टिम मछिन्द्रले भोली फाइनल प्रवेशका लागी भोलि न्यूरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।