हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाका भूमिहीन दलित र सुचीकृत सुकुम्बासीहरुले प्राप्त गरेको जग्गा धनी पुर्जाको अध्यावधिक भएको छ । पालिकाका जग्गाधनी पुर्जा पाएका ३९ जनाको पुर्जा जिल्ला मालपोत कार्यालय मकवानपुरमा अध्यावधिक गरिएको हो ।

बागमती–३ नम्बर वडाका छ परिवारको पुर्जा अध्यावधिक कार्य भएको वडा अध्यक्ष कमान सिं पाख्रिनले बताए । पालिका अध्यक्ष सर्केश घलान सहित पालिकाका जनप्रतिनिधिहरूको पहलमा बागमतीमा भुमिहीनहरूका लागि जग्गा धनी पुर्जा बितरणको काम सुरू भएको हो ।

पालिकामा अन्य भूमिहीनहरूलाई पनि पुर्जा बितरणको लागि जग्गा नापजाँचको काम तिब्र बनाईएको ३ नम्बर वडा अध्यक्ष पाख्रिनले बताए ।