सांकेतिक तस्विर, स्रोत गुगल

हेटौंडा । आगोले पोलेर गम्भीर घाइते भएकी मकवानपुर भीमफेदी गाउँपालिकाकी एक महिलाको बुधवार राती मृत्यु भएको छ ।

जिल्लाको भीमफेदी गाउँपालिका– ६ तारगाउँ बस्ने ईश्वरी मिजारकी श्रीमती ४५ वर्षकी पार्वती रम्तेलको मृत्यु भएको मकवानपुर प्रहरीले जानाएको छ । मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । आफ्नै घरमा आगो ताप्ने क्रममा गत शुक्रबार साँझ साडीबाट शरीरमा आगो सल्किएर रम्तेल गम्भीर भएकी थिइन् ।

दुवै खुट्टा र पेटमा पोली गम्भीर घाइते भएकी रम्तेललाई उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएकोमा सामान्य उपचारपछि थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर लगिएको थियो ।

भीमफेदीमा आगो ताप्ने आगोले पोलेर पार्वती घाइते