हेटौंडा । मनहरीमा कपाल काट्ने तालिमको उद्घाटन भएको छ । सोमबार मनहरी ९ रजैयास्थित भवनमा तालिमको उद्घाटन भएको हो । गाउँपालिकाले युवाहरूको सीप विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरेको हो । 

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले युवाहरूलाई रोजगारीमा प्रेरीत गरी आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताए । सीपको सदुपयोग गरी व्यवसायीक हिसाबले आगामी दिनमा अघि बढ्न पनि सबै युवाहरूलाई उहाँले आग्रह गरे । 

यस्तै उपाध्यक्ष सीता पुलामी मगरले पनि सबैलाई सक्रियतापुर्वक तालिमको फाईदा उठाउन आग्रह गरिन् । आगामी दिनमा थप तालिमको माग भए विशेष प्राथमिकताका साथ योजना तथा बजेट विनियोजन गरीने उनको भनाई छ ।

सामाजिक विकास समितिका संयोजक अनन्त प्रकाश अर्यालको सभाध्यक्षतामा आयोजीत कार्यक्रमलाई उद्यम विकास सहजकर्ता सम्झना दङ्गालले सञ्चालन गरे । ३ सय ८ घण्टे उक्त तालिममा ४० जना युवाहरू सहभागी हुने सहजकर्ता दङ्गालको भनाई छ । 

कार्यक्रममा १ नं वडाअध्यक्ष शिव खनाल, ८ नं वडाअध्यक्ष नारायण उप्रेती, ९ नं वडाअध्यक्ष राजकुमार श्रेष्ठ, वरिष्ट लेखा अधिकृत राजेन्द्र भट्टराई लगायतको उपस्थिती रहेको थियो । तालिमलाई इम्मानुएल  अनसेक्स सैलुनले समन्वय गरेको हो ।