हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ ज्यामिरे डाँडामा एक सुमो दुर्घटनामा परेको छ ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज ४७३३ नम्बरको सुपर लाली गुराँस सुमो कुलेखानीको ज्यामिरे डाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा सुमो चालकको खुट्टामा चोट लागेको प्रत्यक्षदर्शी स्थानीयको भनाइ छ । सुमोमा सवार ९ जनाको अवस्था सामान्य रहेको बताइएको छ । सुमोको ब्रेक फेल हुँदा दुर्घटना भएको बताइएको छ ।