हेटौंडा । पुर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ मा पनि माओवादी केन्द्रका कमानसिं पाख्रिन वडा अध्यक्षमा विजयी भएका छन् । सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार ४ सय १७ मतसहित पाख्रिन विजयी भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी एमालेका सन्तलाल भोलनले ४ सय १० मत पाए । काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवार सरोज सिं योञ्जनले १ सय ५४ मत प्राप्त पाए । यसअघि बागमतीको वडा नम्बर १ मा यहुन्ना राई र वडा नम्बर २ मा जनक पहरी नेकपा माओवादी केन्द्रबाटै विजयी भएका थिए । ३ नम्बर वडामा १ हजार ३७ मत खसेको थियो ।