हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका दन्तलाल माझी (किरण) को प्यानलै विजयी भएको छ ।

आज बिहान सार्वजनिक मत परिणाममा ८ सय ४४ मत प्राप्त गरी माझी वडाध्यक्षमा विजयी भएका हुन ।

माझीले अर्का प्रत्यासी काँग्रेसका सोम घिसिङलाई पराजित गरे । घिसिङले ४ सय १२ मत प्राप्त गरे । यससँगै बागमती गाउँपालिकामा लगातार १, २, ३ र ४ नम्बर वडामा माओवादी केन्द्रले विजय हासिल गर्न सफल भएको छ । वडा नम्बर १ मा यहुन्ना राई, २ मा जनक पहरी र ३ मा कमान सिं पाख्रीन विजयी भएका हुन् ।