हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सीता पुलामी विजयी भएका छन् ।
मतपरिणामअनुसार अध्यक्षमा निर्वाचित कालाखेतीले ९ हजार ३ सय १६ मत पाउँदा अध्यक्षका प्रत्यासी नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४ हजार ९ सय ७० मत पाए ।
यस्तै ६ हजार ४ सय ७० मतसहित नेकपा माओवादी केन्द्रकी सीता पुलामी पालिकाको उपाध्यक्ष निर्वाचित हुँदा उपाध्यक्षका आकांक्षी नेकपा एमालेकी उम्मेदवार सुजिता थिङले ५ हजार ४ सय ५४ मत पाएकी छिन् ।












प्रतिक्रिया दिनुहोस्